बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

बझाङमा जिपको ठक्करबाट घाइते महिलाको मृत्यु


पश्चिम प्रेस
बुधबार, माघ १० २०८०
  • 599
    Shares

  • images
    images
    बझाङमा जिपको ठक्करबाट घाइते महिलाको मृत्यु

    बाजुरा । बझाङमा जिपको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

    जिल्लाको केदारस्युँ गाउँपालिका–४ बागथलाकी ६४ वर्षीया महेश्वरीदेवी मल्लको मृत्यु भएको हो । उनलाई आज (बुधबार) बिहान ९ बजे सडक नजिक धारामा पानी भर्न जाँदा जिपले ठक्कर दिएको थियो। 

    जिपले ठक्कर दिदा मल्लको टाउको र छातीमा चोट लागेको थियो । घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपछि थप उपचार गर्न धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

    जिपको चालक बित्थडचिर गाउँपालिका–६ का २४ वर्षीय विशालसिंह स्याडालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस