आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

इन्धनको मूल्य वृद्धि भएसँगै अन्तरप्रदेश यातायातको भाडा ५ प्रतिशतले बढ्यो


पश्चिम प्रेस
बुधबार, वैशाख १६ २०८३
  • 113
    Shares

  • images
    images
    इन्धनको मूल्य वृद्धि भएसँगै अन्तरप्रदेश यातायातको भाडा ५ प्रतिशतले बढ्यो

    काठमाडौं। यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा भएको वृद्धिलाई मध्यनजर गर्दै सार्वजनिक यातायातको भाडा पुनः समायोजन गरेको छ। विभागले बुधबारदेखि नै लागू हुने गरी अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडा ५ प्रतिशतले वृद्धि गरेको हो।

    विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५ प्रतिशतका दरले भाडा बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वैशाख १२ गते दिएको सहमतिका आधारमा विभागले यो निर्णय लिएको जनाएको छ।

    यसअघि चैत २५ गते पनि सवारी भाडा वृद्धि गरिएको थियो। हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेका कारण भाडा बढाउनुपरेको विभागको तर्क छ। तर, विद्युतीय सवारी साधनको हकमा भने भाडा दर यथावत रहने र उनीहरूले भाडा बढाउन नपाउने विभागले स्पष्ट पारेको छ।


    प्रतिक्रिया दिनुहोस