धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तरगत मंगलपुरमा २०७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गौरीगंगाका ३३ वर्षीय साजन विकको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
.gif)