आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

३ दिनदेखि बेपत्ता विष्टको शव नहरमा भेटियो


पश्चिम प्रेस
मंगलबार, फागुन १५ २०८०
  • 2.9K
    Shares

  • images
    images
    ३ दिनदेखि बेपत्ता विष्टको शव नहरमा भेटियो

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा एक युवकको शव नहरमा फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका युवक चन्द्र बहादुर विष्टको शव मङ्गलवार महाकाली सिंचाइ आयोजनाको मूल नहरमा फेला परेको प्रहरीले जनाएको छ । 

    तीनदिन अघिदेखि हराएका विष्टको शव नहरमा फालेको अवस्थामा फेला परेको छ । आइतबार घरदेखि हराएका विष्टको मंगलबार सिँचाईको नहरमा शव फेला परेको हो । 

    विष्टको शव नहरमा फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले पसले दिपक जोशी र छिमेकी भरत चन्दलाई घटनाबारे सोधपुछका लागि लगिएको बताए ।


  • सम्बन्धित विषय:

  • # बेपत्ता
  • प्रतिक्रिया दिनुहोस