आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

भ्रष्टाचार मुद्दा लागेका बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टलाई सफाइ


पश्चिम प्रेस
शनिबार, फागुन १९ २०८०
  • 525
    Shares

  • images
    images
    भ्रष्टाचार मुद्दा लागेका बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टलाई सफाइ

    महेन्द्रनगर । भ्रष्टाचार मुद्दा लागेका बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरपसद भट्टले सफाइ पाएका छन् । विशेष अदालतले गत बिहीबार उनलाई सफाइ दिएको हो । 

    भट्टमाथि २०७९ साल चैत १२ गते नियुक्ति नै नभएको व्यक्तिलाई झुट्टा सरुवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टले मनकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको विद्यालय व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी बिना कुने कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाइएको भनिएको थियो । प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाइ आफैले स्वीकृत गरी हुनैनाथ आधारभूत विद्यालयबाट बलैराज माध्यमिक विद्यालयमा सरुवा गरी तलबलगायतका सुविधा दिई ७४ हजार ९ सय २० रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।  

    तर सो मुद्दामा विशेष अदालतले भने भट्टलाई गत बिहीबार नै सफाइ दिएको हो । 


  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार मुद्दा
  • प्रतिक्रिया दिनुहोस