महेन्द्रनगर । चर्चित टेलिभिजन रियालिटी सो द पोइट आइडल सिजन २ को टप १० मा सुदूरपश्चिम घर भएका मोहित जोशी छानिएका छन् । बैतडीको पुर्चौडी नगरपालिका पुर्ख्यौली घर भई कैलालीको हसनपुरका जोशीले नेपालको कविता लेखन विधाको देशभरिबाट थुप्रै प्रतिस्पर्धीहरूलाई उछिन्दै उनी टप १० मा सुरक्षित भएका हुन् ।
आफ्नो १२ सम्मको पढाई धनगढीको ऐश्वर्य विद्या निकेतनबाट पुरा गरेका जोशीले रोल्पा गुराँस साहित्यले आयोजना गरेको कविता प्रतियोगितामा दोस्रो भएपछि कविता लेखनतर्फ लागेका थिए । सानै उमेरबाट कविता लेख्नभन्दा पढाइका अन्य विधामा रुचि भएका जोशीले पुलचोक इन्जिनियरिङ कलेजमा अल नेपाल १८ नम्बरमा नाम निकालेका थिए ।
इन्जिनियरिङसँगै कविता लेखनतर्फ राम्रो पकड बनाउँदै गएका उनले अहिलेसम्म थुप्रै कविताहरू लेखिसकेको छन् । जसमा औँलाको सहर र रामनुरा प्रख्यात कविताहरू हुन् । उनले रामनुरा अत्यन्तै आकर्षक शैलीमा लेखेका छन् । जसका केही पङ्क्तिहरू यस्ता छन् ।
तिम्रो नाम सीता भइदिएको भए,
वा मेरो नाम रसूल,
हामी एकअर्काका हुन्थ्यौँ होला !
जस्तो कि—
मौलावीहरुको अल्लाहको नाम,
पण्डितहरुको लागि शङ्कर नभइदिएको भए पनि,
हामी एकअर्काका हुन्थ्यौँ होला ।
किन मैले नमाज़ (نماز) पढ्न पाउदिनँ?
किन तिमीले पूजा गर्न पाउदिनौ रु
किन मन्दिर र मस्जिदको बीचको दुरीमा,
लापता हुनुनैपर्छ “वसुधैव कुटुम्बकम्” ?
मज़हबको गुलामी तोड्ने—
प्रेमिल कर्कस आवाज हौँ हामी,
सिकाउनुछ— प्रेमको भक्तिभाव
चक्रव्यूहमा हामीलाई मास्न खोजीरहेका धर्मात्मालाई,
बसाल्नुछ—
हिन्दी लगायत अन्य भाषामा लेखिएका कविताहरु नेपालीमा अनुवाद समेत गर्ने गरेका उनले मार्क स्ट्रान्ड, रमाशंकर यादव ‘विद्रोही’ लगायत थुप्रै कविहरुका कविताहरु आकर्षक शैलीमा अनुवाद गरेका छन् ।
यस्तै उनले पोइट आइडलको दोस्रो सिजनमा इजरायलमा बेपत्ता विपिन जोशीलाई सम्झँदै अत्यन्तै आफ्नो कविता प्रस्तुत गरेका थिए । सुदूरपश्चिमको रहनसहन सम्झदै उनले विपिन र आफू सँगै खेल्ने गरेका खेलहरू कल्पना गरेर विपिनलाई घर फर्कन भन्दै कविता गाउँदै पोइट आइडलमा सबैलाई भावुक बनाएका थिए ।
गीरले लाग्ज्ञा झिक्कै भए एकदिन त दुःखोलोु
त्यसपछि हो म डरसँग हार्न छोडेको ।
यार तैँले क्या खत्रा थ्रो गर्थिस् बल !
अर्काको घरमा गएको बल
ल्याउन तँ मात्रै हिम्मत गर्थिस् ।
सिधै फालिदिन्थिस बलरको हातैमा ।
पक्कै त्यसरी नै फालेको हुनुपर्छ
बंकरमै पसेको ग्रेनेड तैँले ।
टप १० मा पुगे सँगै आउँदो मङ्गलवार देखि भोटिङ गर्न सकिने कवि जोशीले सामाजिक सञ्जालमार्फत बताएका छन् । हिमालय टेलिभिजन बाट प्रत्येक सोमबार र मङ्गलवार राती ९ बजेबाट र Osr Digital को युट्युब च्यानलबाट प्रसारण भइरहेको कार्यक्रममा आफूलाई भोट गरी सहयोग गर्न उनले सामाजिक सञ्जालमार्फत आग्रह समेत गरेका छन् । लेखनबाट आफ्नो ठाउँलाई अझ चिनाउन आफू लागि पर्ने उनले बताए ।
मोहित जोशीले आफूलाई निम्न प्रक्रियाबाट भोट गन सकिने बताएका छन् ।
१. App store बाट OSR connect application download गर्ने ।
२. app खोलेर menu मा देखिएको Poet Idol भित्र जाने ।
३. Mohit Joshi को profile मा select गर्ने ।
4. भोट गर्ने रकम छान्ने ।
५. ई सेवा अथवा खल्ती एपबाट रकम बुझाउन सकिने छ ।
.gif)