महेन्द्रनगर । कञ्चनपुरमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ का सुवास मगरको कुटपिटबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार उनीमाथि गत आइतवार कुटपिट भएको थियो। उपचारका लागि धनगढी ल्याइएका मगरको सोमवार निर्सग अस्पतालमा मृत्यु भएको हो।
उनको हत्या गरेको अभियोगमा स्थानीय टेकबहादुर चन्द र कृष्ण चन्दका विरुद्धमा कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले उनीहरुलाई हिजो नै पक्राउ गरी म्याद थपका लागि जिल्ला लगिरहेको बताएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
.gif)