बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

राष्ट्रघाती सम्झौता गर्ने गद्दार हुन : भीम रावल

व्याख्यात्मक टिप्पणी जनता ठग्ने काम मात्रै


पश्चिम प्रेस
आइतबार, फागुन १५ २०७८
  • 1.5K
    Shares

  • images
    images
    राष्ट्रघाती सम्झौता गर्ने गद्दार हुन : भीम रावल

    महेन्द्रनगर । नेकपा एमालेका नेता डा.भीम रावलले सत्ता स्वार्थका लागि राष्ट्रघाती सम्झौता गर्ने गद्दार भएको बताएका छन । आईतबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं उनले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने बताए ।
    उनले एमसीसीका थुप्रै बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुने उनले बताए । उनले व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता ठग्ने काम मात्रै भएको बताए ।

     


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • प्रतिक्रिया दिनुहोस