महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट १ किलो बढी चरेस सहित २ जना पक्राउ परेका छन् । जिललाको भीमदत्त नगरपालिका –४ को होटल शिव शक्तिबाट चरेस सहित बझाङ केदारस्यु गाउँपालिका ६ का ३४ बर्षिय गोविन्द धामी र रुकुम सानीभेरी गाउँपालिका ३ का ३४ वर्षीय गोपाल पुन पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १ किलो ५४ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुवैजनालाई मंगलबार लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाइएको छ । पक्राउ परेका माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
.gif)