बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

महाशिवरात्रीमा यस्तो छ महेन्द्रनगरको ट्राफिक व्यवस्थापन (रुटसहित)


पश्चिम प्रेस
सोमबार, फागुन १६ २०७८
  • 1.2K
    Shares

  • images
    images
    महाशिवरात्रीमा यस्तो छ महेन्द्रनगरको ट्राफिक व्यवस्थापन (रुटसहित)

    महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले महाशिवरात्री पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको छ ।
    महाशिवरात्रीमा शिव मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको छ । ट्राफिक कार्यालय कञ्चनपुरले पार्कीङ्ग तथा बैकल्पीक मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ । मदनचोकबाट आउने सवारी साधनका लागि  मदनचोकको ठेला  राख्ने ग्राउन्डमा पार्कीङ्गको व्यवस्था मिलाएको छ भने एयसपोर्टबाट आउने सवारी साधनको लागि राधाकृष्ण मन्दिर प्रांगणमा पार्कीङ्गको व्यवस्था मिलाएको छ । 

    त्यसैगरी बसपार्क पछाडीबाट आउने सवारीका लागि राष्ट्रिय मा.वि प्रांगणमा पार्कीङ्गको व्यवस्था मिलाएको छ । शिवमन्दिर नहरको किनार हुँदै आउने सवारी साधनका लागि कञ्चन विद्या मन्दिरको प्रांगणमा पार्कीङ्गको व्यवस्था मिलाएको छ । त्यसैगरी ट्राफिक प्रहरीले विपदबाट जिप्रका,मदनचोकबाट जिप्रका र एयरपोर्ट मदनचो तिर आउने जाने सवारी साधानहरुलाई बैकल्पीक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

    0-02-06-013a63ed6e63cdbc07545714c5020341347aaf2cfe614e9fb4c1048fc3e0511f_5dbf23b8af68ea23.jpg


    प्रतिक्रिया दिनुहोस