सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

साहित्यकार दिपिका विवशकाे सम्झनामा श्रद्धाञ्जली सभा


पश्चिम प्रेस
आइतबार, वैशाख ३० २०८१
  • 1.2K
    Shares

  • images
    images
    साहित्यकार दिपिका विवशकाे सम्झनामा श्रद्धाञ्जली सभा

    कैलाली । प्रलेस कैलालीको आयाेजनामा दिवंगत  दिपिका विवशकाे श्रद्धाञ्जली सभा धनगढीमा सम्पन्न भएको छ।


        समाजमा शिक्षक, साहित्यकार, पत्रकार, गायक एवम् समाजसेवीका रूपमा स्थापित विबसको अल्पायुमै भयेको निधनबाट सुदूरपश्चिमले एक होनहार प्रतिभा गुमाएको छ। 

    प्रलेस कैलाली जिल्ला इञ्चार्ज कोपिला शर्माको सभापतित्वमा २०८१/०१/२९का दिन धनगढीमा सम्पन्न श्रद्धान्जली सभामा प्रलेस केन्द्रीय सदस्य तीलक सिंह प्रमुख अतिथि हुनुहुन्थ्यो। 

    उक्त सभामा  प्रलेस प्रदेश अध्यक्ष रमेश पन्त मितबन्धु , केन्द्रीय परिषद सदस्य/प्रदेश उपाध्यक्ष  जगदीश ओझा , निवर्तमान प्रलेस केन्द्रीय सचिव बाबुराम आचार्य ,सु प साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डे, नेपाली लेखक संघका अध्यक्ष गणेश नेपाली,प्रलेस सल्लाहकार कल्यान ओझा  बिशिष्ट अतिथि रहेका थिए ।       साहित्यकार  जयदेव जोशी " दार्चुले ", प्रलेस कैलालीका संस्थापक अध्यक्ष  यज्ञराज भट्ट , मार्क्सवादी अध्ययन केन्द्रका अध्यक्ष  केशवनाथ याेगी, कवि प्रेमप्रकाश कलौनी, फाल्गुना दाहाल, अञ्जना मास्के , हुकुम साउँद , दिपक बहादुर सिंह, दशरथ धामी , जगत प्रसाद जाेशी,अमर खड्का  लगायतका साहित्यकार , शिक्षक एवम् राजनीति कर्मीहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन लक्ष्मण बयलकोटीले गरेका थिए। 

         कार्यक्रममा  बाबुराम आचार्यले उहाँकाे बारेमा प्रकाश पार्नुभएकाे थियो ,रमेश पन्त मीतबन्धु,  जगदीश ओझा, तीर्थराज पाण्डेय, गणेश नेपाली ,यज्ञराज भट्ट, ओमप्रकाश पुन, केशवनाथ योगी, जगतप्रकाश जोशी, अमर खड्का लगायतका १९जनाले मन्तव्य तथा कविता वाचन गरी श्रद्धान्जली  प्रलेस कैलालीकाे अध्यक्ष रहनुभएकी विवश राष्ट्रिय  जनता मावि कैलालीगाउँमा अध्यापनरत हुनुहुन्थ्यो ।

         काराेनाकालमा हाेस्टेलबाट निकालिएका विद्यार्थीकाे उद्दारमा पत्रकारीता मार्फत महत्त्वपूर्ण भूमिका खेलेकी विबसले रेडियो घोडाघोडी तथा दिनेश एफएममा कार्यक्रम प्रस्तोता रहेकि थिइन। साहित्य सिर्जनासंगै गायन क्षेत्रमा समेत सक्रिय दिपिका विबस भट्टको जन्म वि सं २०३९/०१/०९मा भयेको थियो, अत्यन्तै सक्रिय रूपमा सामाजिक क्षेत्रमा खटिनु हुने उनको मिति २०८०/१२/२६का दिन अल्पायुमै निधन भयेको थियो। 

            आजै प्रलेस कैलाली जिल्ला इञ्चार्ज कोपिला शर्माको अध्यक्षता , केन्द्रीय सदस्य तिलक सिंह ,प्रलेस प्रदेश अध्यक्ष रमेश पन्त मीतबन्धु रापस जगदीश ओझाको बिशेष उपस्थितिमा  बसेकाे प्रलेसकाे वैठकले ओम प्रकाश पुनको संयाेजकत्वमा ९ सदस्यीय  प्रलेस कैलाली जिल्ला सम्मेलन आयोजक समितिकाे चयन गरेको छ। जसको सचिवमा  तेजराज कापडी र सदश्यहरूमा दिपक ब सिंह,   अञ्जना मास्के,  लक्ष्मण बयलकाेटी, काेपिला अवस्थी, उर्मिला न्याैपाने,दशरथ धामी, दशरथ भट्ट रहनुभएकाे छ।


    प्रतिक्रिया दिनुहोस