आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

भीमदत्तका निवर्तमान मेयर विष्टलाई विशेष अदालतबाट सफाइ


पश्चिम प्रेस
मंगलबार, जेठ १ २०८१
  • 575
    Shares

  • images
    images
    भीमदत्तका निवर्तमान मेयर विष्टलाई विशेष अदालतबाट सफाइ

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टले विशेष अदालतबाट सफाइ पाएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाउँदै मुद्दा दायर गरेकोमा अदालतले दाबी नपुग्ने फैसला गर्दै सफाइ हुने ठहर गरेको छ ।

    महाकाली नदीको नदीजन्य पदार्थ संकलन नभएको अवस्थामा रोयल्टी छुट दिएको अवस्थामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा भवानी कन्स्ट्रक्सन प्रालि समेत ११, सुरेन्द्र विष्ट समेत १४ र सुरेन्द्र विष्ट समेत १२ गरी ३ मुद्दा दायर गरेकोमा सबै मुद्दामा सफाइ हुने फैसला भएको छ ।


  • सम्बन्धित विषय:

  • # अदालतबाट सफाइ
  • प्रतिक्रिया दिनुहोस