मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

धनगढीमा युवतीको अश्लील भिडियो बनाउने १३ वर्षीय बालकसहित दुई जना पक्राउ


पश्चिम प्रेस
सोमबार, जेठ २८ २०८१
  • 497
    Shares

  • images
    images
    धनगढीमा युवतीको अश्लील भिडियो बनाउने १३ वर्षीय बालकसहित दुई जना पक्राउ

    कैलाली । धनगढीमा युवतीको अश्लिल भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् ।

    धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीय बालक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

    मोबाइल पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो, फोटो बनाइ मोबाइल धनीको फेसबुक म्यासेन्जरमा पठाएको तथा मोबाइल धनीको फेसबुक आइडी आफैँले चलाइ विभिन्न अश्लिल साइट सर्च गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले जानकारी दिए।

    पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस