मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

अछाममा छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार


पश्चिम प्रेस
बुधबार, असार ६ २०८१
  • 428
    Shares

  • images
    images
    अछाममा छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

    अछाम । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीमाथी सोमबार राति सामूहिक बलात्कृत भएको हो। किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। 

    जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

    अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो। अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई भनेकी थिइन। उनले स्थानीय १७ वर्षीय किशोर लगायत ३÷४ जनाले बलात्कार गरेको बताएकी छिन् । आँखा र घाँटीमा कपडाले  बाँधेकोले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाइ छ।

    अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले किशोरी बलात्कृत भएको पुष्टि गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # सामूहिक बलात्कार
  • प्रतिक्रिया दिनुहोस