कैलाली । कैलालीको घोडाघोडीमा गाईसँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।
घोडाघोडी नगरपालिका–१० कान्द्रा पुल नजिक पश्चिमबाट पुर्वतर्फ गइरहेको बा ४४ प ६४१९ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किँदा विहीवार दुर्घटना भएको थियो।
दुर्घटनामा परेर मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का ३२ वर्षीय गोपाल दास र पछाडी सवार ४५ वर्षीय होमनाथ शर्मा घाइते भएका छन्। घाइते दुबै जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
.gif)