मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति कांग्रेस असन्तुष्ट


पश्चिम प्रेस
मंगलबार, असार १२ २०८१
  • 347
    Shares

  • images
    images
    सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति कांग्रेस असन्तुष्ट

    कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारको काम कारबाहीप्रति नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले असन्तुष्टि व्यक्त गरेको छ ।

     नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । “प्रदेशमा केही मन्त्रीले जिम्मेवारी पाएका छैनन्, केही मन्त्रालय मन्त्रीविहीन छन्, यस्तो हुनु दुर्भाग्य हो । सत्ता सञ्चालन गर्ने दलका नेतृत्वले जनतालाई यसको जवाफ दिनुपर्छ”, शाहले भने । 

    पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता शाहले सरकारले बजेट ल्याए पनि बजेट पुस्तिका सार्वजनिक गर्न ढिलाइ भएकामा आपत्ति जनाए। बजेट पुस्तिका चाँडै सार्वजनिक गर्न उनले आग्रह गरे ।

    सरकार जोगाउन मन्त्रालय विभाजनको कुरा गर्नु गलत भएको भन्दै नेता शाहले यस्तो गलत कार्यमा नलाग्न चेतावनी दिए ।  उनले भने, “सरकार जोगाउन मन्त्रालय फुटाउने कुरामा हाम्रो पूर्ण असहमति छ, यस्तो कार्य नगर्न सत्तागठबन्धनलाई चेतावनीसहित आग्रह गर्दछौँ ।”


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेश सरकार
  • प्रतिक्रिया दिनुहोस