बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

अछाममा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु


पश्चिम प्रेस
मंगलबार, असार १२ २०८१
  • 299
    Shares

  • images
    images
    अछाममा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु

    अछाम । अछाममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिकामा आज (मङ्गलवार) दिउँसो एक बालकको ज्यान गएको हो।

    तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको घटनास्थलमै ज्यान गएको हो। स्थानीयका अनुसार मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको थियो ।

    बिमलसँगै गएका झंकर भने सकुशल रहेका छन। 


  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर
  • प्रतिक्रिया दिनुहोस