मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना, दुई बालिका घाइते


पश्चिम प्रेस
आइतबार, असार १७ २०८१
  • 301
    Shares

  • images
    images
    बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना, दुई बालिका घाइते

    बैतडी । बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना हुँदा दुई बालिका घाइते भएका छन्।  मा ट्याक्टर दुर्घटना भएको हो।

    आइतबार बिहान मेलौली नगरपालिका–३ कुजागाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सुदूरपश्चिम प्रदेश ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। ट्याक्टर दुर्घटनामा परी दुई बालिका घाइते भएकी छन्। घाइते हुनेमा करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिरबहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी छन्।

    घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याइएको छ। उक्त सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कसी ट्याक्टर अगाडी बढेर सडकबाट सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

    दुर्घटनामा परेको टयक्टरको अगाडीको भाग स्थानीय धनी भट्टको घरमाथि अडिदा घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। कैलाली घर भएका चालक धनीराम डगौरालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # ट्याक्टर दुर्घटना
  • प्रतिक्रिया दिनुहोस