बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कुतियाकवरबासीलाई सेनाको ‘सुरक्षित घर’


पश्चिम प्रेस
सोमबार, असार १८ २०८१
  • 556
    Shares

  • images
    images
    कुतियाकवरबासीलाई सेनाको ‘सुरक्षित घर’

    महेन्द्रनगर ।  बस्तीको दक्षिण र उत्तर हुदै बढिरहेको नदीको किनारको सीमा बस्ती ‘कुतियाकवर’का ६७ बर्षीया वृद्धा अम्बिका सुनारको अनुहारमा सोमबार बिहान अलग्गै खुसी देखिन्थ्यो । 

    महाकाली र जोगबुढा नदीको दोसाधमा पर्ने कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवरमा वृद्धा अम्बिकाले बाढीका बेला धेरै बर्ष जोखिम मोलेर वारी ओमकार प्राविमा आश्रय लिएको विगत सम्झनुभयो ।

    यस बर्ष दुवै नदीमा बर्षातको संङ्गलो पानी बगिरहेको भएपनि अम्बिकालाई विगतको जस्तो परान जोगाउन मुश्किल पर्ने अवस्था भने अब रहेन ।
    “ दुई÷तीन बर्षका बाढीमा त हामीले परान वारी स्कूल गएर जोगायौं तर धनमाल केही पनि रहेको थिएन् ।” सुनारले भन्नुभयो–“ अहिले त नेपाली सेनाले बस्तीमै बाढीबाट बच्न सेफ हाउस बनाइदिएपछि गाउँको त्रासदी हटेर गयो ।”

    करिब तीन महिना लगाएर नेपाली सेनाले कुतियाकवरमा दुई तल सेफ हाउस बनाएर सोमबार बिहान दोधारा चादँनी नगरपालिकालाई हस्तान्तरण गरेपछि कुतियाकवरका सुनार जस्तै त्यहाँका ४२ परिवार बाढीको बेला पर्नसक्ने संकट टरेको भन्दै खुसी छन् ।

    WhatsApp Image 2024-07-01 at 5.46.09 PM.jpeg

    नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको शिघ्र प्रभावी परियोजना अन्र्तगत यहाँ निर्माण गरेको सेफ हाउस हस्तान्तरण गरेको छ ।
    नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी गणेश कुमार श्रेष्ठले सेफ हाउसको उद्घाटन गर्नुका साथै साँचो दोधारा चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गर्नुभयो ।

    भवन हस्तान्तरणपछि बोल्दै पृतनापति उपरथी श्रेष्ठले सेफ हाउसको सदुपयोगसंगै मर्मत सम्भारमा ध्यान दिन नगर पालिकालाई आग्रह समेत गर्नुभयो ।
    “ बाढीका बेला ज्यान जोगाउन सेफ हाउसको ज्यादै महत्व हुन्छ ।” उहाँले भन्नुभयो–“ कालान्तरणमा पनि यस्तै प्रभावकारी कार्यक्रम सेनाले सञ्चालन गर्दै जानेछ ।”

    उहाँले बस्ती र ठाउँ प्राथमिकतामा परेर सेनाले सेफ हाउस निर्माण गरेको बताउनुभयो ।

    भवन उद्घाटन भइरहँदा २०३९ सालदेखि बाढीले जोखिम रहेको कुतियाकवरमा सेफ हाउसले निकै टेवा पुग्ने स्थानीय खड्के बुढाले बताउनुभयो ।
    “ २०३९ सालदेखि बाढी छल्दै सीमामा पहरेदारी गरेर आयौं ।” उहाँले भन्नुभयो–“ बस्ती डुबान पर्दा कयौं पटक ज्यान जोगायौं ।”

    उहाँले निरन्तर रुपमा बस्ती कटानको चपेटामा परिरहेको भएपनि दिर्घकालिन रुपमा समाधान हुने गरी सरकारले कटान नियन्त्रणको पहल गरिदिनुपर्नेमा जोड दिनुभयो ।

    “ बाढीले बिसौ बिघा जमिन बगायो ।” बुढाले भन्नुभयो–“ बर्षातका बेला सधै ज्यान जोगाउन अन्यत्र जानुपर्ने अवस्था हट्ुदै जाँदै छ ।”

    बर्षातका बेला जोगबुढामा झोलुङ्ग पुल नहुँदा विद्यार्थीहरुले अध्ययनका लागि जान समेत मुश्किल पर्ने गरेको बताउनुभयो ।
    “ बाढीका बेला तीन बर्ष अघि सात दिनसम्म पनि स्थानीयले घर छाडेर आफन्तकोमा गए ।” उहाँले भन्नुभयो–“ सेनाको सेफ हाउसले मान्छे त बाच्ने ग्यारेन्टी भयो तर पशु र धनमाल जोगाउने चिन्ता कायम छ ।”

    WhatsApp Image 2024-07-01 at 5.46.14 PM.jpeg

    ४२ परिवारको बसोबास रहेको कुतियाकवर भारतसित सीमाना जोडिएको २०२२ सालमा बसेको बस्ती हो ।
    कुतियाकवरका स्थानीय टंकलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क रुपमा उपलब्ध गराएका थिए । ५०÷६० जना अटाउने क्षमता भएको सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधारा चादँनी नगरपालिका र केही निर्माण व्यवसायीबाट सहयोग समेत उपलब्ध भएको थियो ।

    यहाँ दाृत निकाय र नगरपालिकाको आर्थिक सहयोगमा यसअघि सेफ हाउस निर्माण थालिएपनि त्यो अझै पुरा हुन सकेको छैन् ।
    कार्यक्रममा बोल्दै दोधारा चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले २०७८ सालमा आएको बाढीमा कुतियाकवरबासीले रुखमा चढेर बाढीका बेला ज्यान जोगाएको बताउनुभयो ।

    “ भौगोलिक विकटताका बिच सेनाले ढुंगामा सामान ल्याएर पनि तीन महिनामै सेफ हाउस बनाएर स्थानीयलाई दियो ।” खुसी व्यक्त गर्दै नगरप्रमुख लिम्बूले भन्नुभयो–“ यसअघि दातृ निकायले सुरु गरेको सेफ हाउस निर्माण अझै अधुरो नै छ ।”

    कुतियाकवरबासीले बाढी, विपद्बाट लामो समय सास्ती खेप्नु परेको बताउँदै अहिले पुल, सडक पुर्वाधारसित जोडिदा केही सहज भने भएको बताउनुभयो ।
    श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजंग ठकुरीले रु २५ लाखको लागतमा दुई तले सेफ हाउस निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो ।
    “ सेनाको रु १५, नगरपालिकाबाट रु ५ लाख र बाँकी निर्माण व्यवसायी लगायत स्थानीय सहयोगबाट भवन बनेको हो ।” उहाँले भन्नुभयो–“ बाढी लगायत विपद्का बेला उपयोगी हुने विश्वास लिएका छौं ।”

    कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

    सेफ हाउस निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय टंकलाल जोशी, निर्माण सहयोग पु¥याउने दोधारा चादँनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेत, १० नं. वडाध्यक्ष चन्द्रबहादुर सिंह, युवा निर्माण व्यवसायीद्धय वृज चन्द र महेश जोशीलाई सेनाले कदरपत्रसहित सम्मान गरेको छ ।


    प्रतिक्रिया दिनुहोस