मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ


पश्चिम प्रेस
शुक्रबार, असार २२ २०८१
  • 425
    Shares

  • images
    images
    खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    तेह्रथुम  । तेह्रथुममा आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोग २३ वर्षीय छोरा पक्राउ परेका छन् । जिल्लाको  लालीगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  • सम्बन्धित विषय:

  • # छोरा पक्राउ
  • प्रतिक्रिया दिनुहोस