महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका स्थीत मझगाउँ विमानस्थलको धावन मार्ग निमार्णको काम सुरु भएको छ । दुई दशकदेखी बन्द विमानस्थलले बुधबारबाट पुनःनिर्माणको काम सुरु गरेको छ ।
विमानस्थलमा रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक भौतिक संरचना निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले २ करोड ५१ लख बजेट विनियोजन गरेको छ । विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहनेछ । निमार्णको जिम्मा पाएको कान्छाराम केएस जेभी निर्माण सेवाले समयमै काम सम्पन्न गर्नेगरी काम अघि बढाएको जनाएको छ ।
.gif)