आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

गुगुल्डि वाङ्मय प्रतिष्ठानको ७ औँ वार्षिकोत्सव सम्पन्न


पश्चिम प्रेस
सोमबार, असार २५ २०८१
  • 839
    Shares

  • images
    images
    गुगुल्डि वाङ्मय प्रतिष्ठानको ७ औँ वार्षिकोत्सव सम्पन्न

    कञ्चनपुर । गुगुल्डि वाङ्मय प्रतिष्ठान कञ्चनपुरको ७ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सोमवार सम्पन्न भएको छ ।

    वार्षिकोत्सवको अवसरमा संस्थाले हरेक वर्ष वितरण गर्दै आइरहेका विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिनुको साथै रचनावाचन गरिएको थियो । सम्मानित हुनेमा गुगुल्डि वाङ्मय सम्मान आर डि प्रभास चटौत, गुगुल्डि न्वाकि मानपान मनिराज जोशी, डोट्याली भाषा श्रीवृद्धि प्रभाव प्रतिभा सम्मान सुरेश चन्द ठुकरी सहयात्री, ग्वाल्लेक गौरव लच्छु डुणिचन्द स्मृति सम्मान हेमबाबु लेखक, मालमहिम रामरत्ना सम्मान मुधहमाल र कौशल्या कुमारी देवी कर्ण बहादुर स्मृति सम्मान धर्मराज जोशीलाई प्रदान गरिएको छ । उक्त पुरस्कार तथा सम्मान विभिन्न व्यक्तिहरुले अक्षयकोष स्थापना गरी हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।

    नेपाल तथा भारतका विभिन्न स्रष्टाहरु उपस्थित उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष वीर बहादुर चन्द विश्रामले गरेका थिए भने वेदकोट नगरपालिकाका प्रमुखले प्रमुख आतिथ्यता गर्नुभएको थियो । कार्यक्रममा दीर्घबहादुर चन्द का आगो र रसप्तरंगी सुमन, वीर बहादुर चन्द विश्रामको खिचडीकी महक, कल्यान ओझाको प्रकाशित पाथी बढी काव्यहरु लगायतका कृतिहरु समेत विमोचन गरिएको थियो । भीमदत्त नगरपालिकाको सभाकक्षमा भएको उक्त कार्यक्रमको संचालन साहित्यकार रमेश पन्त मीतबन्धुले गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस