मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

बनबासा पुलमा सवारी आवागमन सुचारु


पश्चिम प्रेस
मंगलबार, असार २६ २०८१
  • 458
    Shares

  • images
    images
    बनबासा पुलमा सवारी आवागमन सुचारु

    महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेज (बनबनसा)को पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन सुचारु भएको छ । मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन सुचारु गरिएको हो ।

    बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ । पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो ।

    शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो ।


    प्रतिक्रिया दिनुहोस