बैतडी । बैतडीमा महाकाली करिडोरबाट भेलसँगै बगेको ढुङ्गा, गिट्टी र बालुवाले स्थानीयको घर तथा खेतमा क्षति पुगाएको छ।
आइतवार र सोमवार परेको अविरल वर्षाका कारण जिल्लाको शिवनाथ गाउँपालिका–१ मा सडकबाट बगेको पानीले तीन कोठे घरमा क्षति पुगाएको स्थानीय मदनसिंह साउँदले बताए।
वर्षासँगै आएको भेलले मटेला, कोलीकनाला, बण्ड, र गना गाउँमाका अन्य ६÷७ घरमा क्षति पुगाउनुको साथै रोपाइँ गरेको खेत पुरेको स्थानीयले बताएका छन् ।
महाकाली करिडोरका कारण पञ्चेश्वरमा समेत सडक क्षेत्रभन्दा तलको खेतमा क्षति पुगाएको छ ।
.gif)