सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

बैतडीका पत्रकार विष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित


पश्चिम प्रेस
बुधबार, असार २७ २०८१
  • 254
    Shares

  • images
    images
    बैतडीका पत्रकार विष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

    बैतडी ।  बैतडीका क्रियाशिल पत्रकार विनोद सिंह विष्ट युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित हुनुभएको छ ।  नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयले  विष्टलाई नगद ५० हजार पुरस्कारसहित सम्मान गरेको हो । 

    राष्ट्रिय समाचार समिति(रासस) का बैतडी समाचारदाता विष्टलाई सिंहदरबारमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयका सचिव सुमनराज अर्यालले  खादा,प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभयो । 

     युवा सरोकारका विषयमा नेपाली छापा पत्रपत्रिका,रेडियो र अनलाईन समेतबाट समाचार सम्प्रेषण गरी युवा विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै  पत्रकार विष्टलाई नगद  ५० हजार पुरस्कारसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ । 
    मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन  आह्वान गरेकोमा र  देशभरबाट आएका आवेदनमध्ये मन्त्रालयले गरेको मूल्यांकनको आधारमा विष्ट पुरस्कारको लागि छनौट हुनुभएको थियो  । 

    पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहनुभएका विष्टले उक्त पुरस्कार पाएपछि  खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बनाउनुका साथै  पेसामै रहिरहन उर्जा मिलेको बताउनुभयो । 

    बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल रहनुभएको छ ।


  • सम्बन्धित विषय:

  • # पत्रकारिता पुरस्कार
  • प्रतिक्रिया दिनुहोस