मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न मौसमविद्को टोली कञ्चनपुरमा


पश्चिम प्रेस
बिहीबार , असार २८ २०८१
  • 406
    Shares

  • images
    images
    ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न मौसमविद्को टोली कञ्चनपुरमा

    महेन्द्रनगर । कञ्चनपुरमा असार २३ र २४ गते भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली आज कञ्चनपुर आृन लागेको छ । ।

    वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि आज बिहान काठमाडौँबाट कञ्चनपुर प्रस्थान गरेको हो ।

    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। जगदिश्वर कर्माचार्यले विभागको विज्ञसहितको टोली आज कञ्चनपुर प्रस्थान गरेको जानकारी दिए ।

    महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए÷नभएको जाँच गर्ने छ । साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गरिने भएको हो । 

    कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुर केन्द्रमा असार २३ र २४ गतेको दर्के झरीले नेपालमा हालसम्म भएको वर्षाको सबै रेकर्ड तोडेको थियो । दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो ।

    असार २३–२४ गतेको २४ घण्टा अवधिमै कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेसनमा पनि अति भारी वर्षा रेकर्ड भएको थियो । हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा मापन भएको थियो ।

    अध्ययन टोलीको रिपोर्टबाट वास्तविकता पत्ता लाग्ने र विभागले निष्कर्ष सार्वजनिक गर्ने उनले जानकारी दिए । ‘करिब हप्ता–दश दिनभित्रै निष्कर्ष सार्वजनिक गरिने विभागका अधिकारीले जानकारी दिएका छन् । 


  • सम्बन्धित विषय:

  • # रेकर्ड ब्रेक
  • प्रतिक्रिया दिनुहोस