मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

घरमा हुने सुत्केरीलाई शून्य बनाउन बैतडीमा ‘उपप्रमुखको कोसेली’


पश्चिम प्रेस
शुक्रबार, असार २९ २०८१
  • 290
    Shares

  • images
    images
    घरमा हुने सुत्केरीलाई शून्य बनाउन बैतडीमा ‘उपप्रमुखको कोसेली’

    बैतडी । घरमा हुने सुत्केरीलाई शून्य बनाउने उद्देश्यसहित जिल्लाको दशरथचन्द नगरपालिकाभित्र ‘उपप्रमुखको कोसेली’ कार्यक्रम सञ्चालन गरिएको छ । 

    ‘उपप्रमुखको कोसेली’ सुत्केरी आमाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । उनले भने, “सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो विषयमा जानकारी दिन कोसेलीले महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।”

    घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका विषयमा परिवारका सदस्यलाई जागरुक गराउने उद्देश्यसहित ‘उपप्रमुखको कोसेली’ वितरण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । 

    “आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन सुत्केरी आमालाई कोसेली प्रदान गरिरहेका छौँ । अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले सुत्केरी आमालाई पोषिलो खानेकुरा दिने चलन कम छ”, उपप्रमुख चन्दले भनिन्, “नगरपालिकाले वितरण गरेको कोसेलीबाट परिवारका सदस्यहरू पनि जागरुक हुन् भनेर कार्यक्रम सञ्चालन गरेका हौँ ।”

    नगरपालिकाभरि चार सय बढी सुत्केरी आमालाई यस वर्ष ‘उपप्रमुखको कोसेली’ वितरण गरिएको छ । “कोसेली वितरण गर्न नगरभित्रका १३ वटा स्वास्थ्य संस्थामा कोसेली पु¥याइएको छ । आफूलाई नजिक पर्ने संस्थामा गएर कोसेली लिन सकिन्छ”, उपप्रमुख चन्दले भनिन् । कोसेलीभित्र हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएका छन् । 


  • सम्बन्धित विषय:

  • # उपप्रमुखको कोसेली
  • प्रतिक्रिया दिनुहोस