मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

बाजुरामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार


पश्चिम प्रेस
शुक्रबार, साउन ४ २०८१
  • 401
    Shares

  • images
    images
    बाजुरामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
    बाजुरा । बाजुरामा सुत्केरी समस्यामा रहेकी एक गर्भवतीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । 
     
    जिल्लाको जगन्नाथ गाउँपालिका–४ महतीकी २६ वर्षीया सागरा दमाईंलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 
     
    सुत्केरी व्यथा लागेर बूढीनन्दामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकी दमाईंको अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । 
     
    प्रजिअ पौडेलका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवतीको अवस्था जटिल भएको पत्र प्राप्त भएपछि प्रशासनको समन्वयमा उक्त महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 
     
    राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार पाँच वर्षयता ३८ जना बढी गर्भवती तथा सुत्केरीको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुर्गमका गर्भवती र सुत्केरीको अवस्था जटिल भएमा उद्धार गरी उनीहरुको ज्यान बचाउने गरी सरकारले उक्त कार्यक्रम सञ्चालन गर्दैै आएको छ ।


    प्रतिक्रिया दिनुहोस