मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

बैतडीबाट महेन्द्रनगर आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते


पश्चिम प्रेस
मंगलबार, साउन ८ २०८१
  • 1.4K
    Shares

  • images
    images
    बैतडीबाट महेन्द्रनगर आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते

    डडेल्धुरा । बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन्।

    भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन्।

    आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहोराको अहिले माया मेट्रो अस्पतालमा उपचार जारी छ। बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ।


    प्रतिक्रिया दिनुहोस