बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा मन्त्रालय घटाएर मन्त्रीको जिम्मेवारी हेरफेर


पश्चिम प्रेस
शुक्रबार, साउन ११ २०८१
  • 521
    Shares

  • images
    images
    सुदूरपश्चिममा मन्त्रालय घटाएर मन्त्रीको जिम्मेवारी हेरफेर

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले मौजुदात मन्त्रालयको संख्यालाई घटाएर सात मन्त्रालय कायम गरेको छ । मन्त्रीपरिषदको निर्णयअनुसार मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विहीबार मन्त्रालय घटाई मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका हुन् । 

    सातवटा मन्त्रालय रहेको सुदूरपश्चिममा मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी नियुक्त भएपछि सरकारमा सहभागी एमाले, माओवादी, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको सहमतिमा मन्त्रालय फुटाएर दशवटा बनाइएको थियो । केही दिनपछि केन्द्रीय राजनीतिमा भएको नयाँ समिकरण अनुसार एमालेले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएपछि अल्पमतमा रहेको सुदूरपश्चिम सरकारले पुरानै मन्त्रालय कायम गरेको मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेको हो । 

    प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार मुख्यमन्त्रीमा दीर्घवहादुर सोडारी, अर्थिक मामिला मन्त्रालयमा अक्कलवहादुर रावल, भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा लक्ष्मी विक, भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रीमा टीका थापा, सामाजिक विकास मन्त्रालयमा ओमबिक्रम भाट र उधोग, पर्यटन, वन तथा वतावरण मन्त्रालयको जिम्मेवारी माया पन्तलाई दिइएको छ । 

    वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा मिलाउन जेठ २८ गते एकैसाथ ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थियो । सात मन्त्रालयमा १० जना मन्त्री भएपछि मुख्यमन्त्री सोडारीले असार १६ गते प्रदेशका मन्त्रालयहरू विभाजन गरेर मन्त्रीहरुको जिम्मेवारी ताकेका थिए ।  


  • सम्बन्धित विषय:

  • # मन्त्रीको जिम्मेवारी हेरफेर
  • प्रतिक्रिया दिनुहोस