सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

दुई किलो बढी चरेस सहित कवाड सेन्टरबाट एक भारतीय पक्राउ


पश्चिम प्रेस
शुक्रबार, फागुन २० २०७८
  • 687
    Shares

  • images
    images
    दुई किलो बढी चरेस सहित कवाड सेन्टरबाट एक भारतीय पक्राउ

    महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरको एक कवाड सेन्टरबाट चरेस सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
    भीमदत्तनगरपालिका–६ स्थीत राधेश्याम जैसवालले सञ्चालन गरेको अभिषेक ट्रेर्डस कवाड संकलन केन्दमा लागु औषध कोरोबार भइराखेको गोप्य सुचनाको आधारमा शुक्रबार छापामार्दा प्रहरीले कापी किताबको बोराभित्र लुकाइ राखेको अवस्थामा २ किलो ८९० ग्राम लागुऔषध चरेस सहित पक्राउ गरेको हो । पक्राउ परेका राधेश्याम जैसवालबारे  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस