कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर वसन्तामा अविरल वर्षाका कारण रुख ढलेर घरमा क्षति भएको छ । सालको रुख ढलेर स्थानीय सन्तराम चौधरीको घरमा पूर्ण रुपमा क्षति भएको हो ।
मङ्गलबार रातीबाट परेको अविरल वर्षाले गर्दा सालको रुख घरमा ढलेको स्थानीयले बताएका छन् ।
रुख ढल्दा घरमा भएको अन्नपात नोक्सान भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ ।
.gif)