महेन्द्रनगर । प्रहरी हौँ भन्दै पसल लुटपाट गर्नेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
फागुन १२ गते साँझ नयाँबजारस्थित समृद्ध फार्मेसी पसलमा लुटपाटको आरोपमा प्रहरीले आठ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कन्चनपुरका २७ वर्षीय सुवाश रतोकी रहेका छन उनी नेपाल प्रहरीमै कार्यरत रहेको खुलेको छ । त्यसैगरी ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार, जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका २६ वर्षीय शंकर रेग्मी, डडेलधुराका २८ वर्षीय हिक्मत महता छन ।
.gif)