बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र टोपी लगाउन पाइने


पश्चिम प्रेस
बिहीबार , साउन १७ २०८१
  • 405
    Shares

  • images
    images
    राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र टोपी लगाउन पाइने

    काठमाडौँ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ । आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

    यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो ।


    गृहमन्त्रालय अन्तरगत रहेको विभागले एक परिपत्र जारी गर्दै फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोली, धार्मिक, सांस्कृति तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परिचयपत्र
  • प्रतिक्रिया दिनुहोस