महेन्द्रनगर । आगामी बैशाख ३० मा हुने स्थान्ीय तह निर्वाचनका लागि कञ्चनपुर मतदाता विवरण अद्यावधिक गर्ने काम सुरु भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले त्रुटि सच्याउन सुरु गरेको छ । निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न सकिनेछ । निर्वाचन कार्यालयले वडा वडामा मतदाना नामावलीको विवरण पठाइसकेको छ । कञ्चनपुरमा ५ हजार बढी मतदाता थपिएका छन ।
.gif)