आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

बैतडीको लामालेक बजारमा फेन्सी पसलमा आगलागी हुँदा ३५ लाखको क्षति


पश्चिम प्रेस
मंगलबार, असोज ८ २०८१
  • 568
    Shares

  • images
    images
    बैतडीको लामालेक बजारमा फेन्सी पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

    बैतडी । बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा ३५ लाखको क्षति भएको हो ।

    सोमबार रातिको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिएका छन् ।

    प्रारम्भिक अनुसन्धानमा विद्युत् ‘सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस