आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

बाजुरामा यो वर्ष दसैं तिहारमा खाद्यान्न अभाव नहुने


पश्चिम प्रेस
बुधबार, असोज ९ २०८१
  • 421
    Shares

  • images
    images
    बाजुरामा यो वर्ष दसैं तिहारमा खाद्यान्न अभाव नहुने

    बाजुरा ।  बाजुरा जिल्लामा विगतका वर्षमा दसैँतिहारका बेला जिल्लामा खाद्यान्नको अभाव हुँदै आएको भए पनि यो वर्ष भने दसैँतिहारमा खाद्यान्न अभाव नहुने भएको छ । 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा मार्तडी र कोल्टी शाखामा माग अनुसारको खाद्यान्न भएकाले खाद्य अभाव नहुने भएको हो । कम्पनीले आइतबारबाट सहुलियत छुट मूल्यमा चामल बिक्रीवितरण गर्न सुरु गरेको छ । जिल्लामा खाद्यको माग भए अनुसार करिब चार हजार क्विन्टल मार्तडी शाखामा खाद्यान्न मौज्दात रहेको कार्यालय प्रमुख उमेश भण्डारीले बताएका छन् । 

    उनका अनुसार पूर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी शाखामा पनि दुई हजार तीन सय मौज्दात खाद्य रहेकाले दसैँतिहारमा खाद्यान्न कमी नहुने भएको हो । 

    यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएको उनले बताए । उनले भने, “मार्तडी शाखामा चार हजार क्विन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६ क्विन्टल, अरुवा सोना चामल एक हजार ६८५ क्विन्टल र जिरा मसिनो चामल २२५ क्विन्टल मौज्दात छ ।”

    कोल्टी डिपो कार्यालयमा दुई हजार तीन सय क्विन्टल चामलमध्ये अरुवा मोटो चामल एक हजार ९६९.५० क्विन्टल, सोना मन्सुली २०२ क्विन्टल र जिरा मसिनो १५१.५० क्विन्टल मौज्दात छ । 


  • सम्बन्धित विषय:

  • # खाद्यान्न अभाव
  • # दसैँतिहार
  • प्रतिक्रिया दिनुहोस