आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका दुई जिल्लामा रात्रिबस चलाउन रोक


पश्चिम प्रेस
शुक्रबार, असोज ११ २०८१
  • 329
    Shares

  • images
    images
    सुदूरपश्चिमका दुई जिल्लामा रात्रिबस चलाउन रोक

     महेन्द्रनगर । सुदूरपश्चिमका दुई जिल्लामा रात्रिबस चलाउन रोक लगाइएको छ । ‘रेडअलर्ट’ जारी गरिएका सुदूरपश्चिममका दुई जिल्ला डोटी र अछाममा रात्रिबस चलाउन रोक लगाइएको हो ।

    मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ ।  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडअलर्ट जारी भएका जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी भइसकेको छ ।


    प्रतिक्रिया दिनुहोस