आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरबाट पञ्चेश्वर जादै गरेको बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते


पश्चिम प्रेस
शनिबार, असोज १२ २०८१
  • 329
    Shares

  • images
    images
    महेन्द्रनगरबाट पञ्चेश्वर जादै गरेको बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते

    बैतडी । बैतडीमा बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते भएका छन्।

    जिल्लाको मेलौली नगरपालिका–७ काडाँ बस्ने १८ वर्षीय बस सहचालक नविन भट्ट घाईते भएका हुन्। मेलौली नगरपालिका–१ प्रहरी चेक पोष्ट स्थित महेन्द्रनगरबाट पञ्चेश्वर जादै गरेको पवन दुत यातायातको बस रोक्न खोज्दा सहचालक भट्ट खसेका हुन्।

    चालक दिपक मल्लले चलाएको ना८ख ६३६१ नम्बरको बस रोक्न खोज्दा खसेर घाइते भएका भट्टलाई प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको प्रहरीले जनाएको छ। चालक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


  • सम्बन्धित विषय:

  • # सहचालक गम्भीर घाईते
  • प्रतिक्रिया दिनुहोस