सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा हात्तीको आक्रमणबाट अस्ताए ५० वर्षिय राना


पश्चिम प्रेस
आइतबार, असोज १३ २०८१
  • 426
    Shares

  • images
    images
    कञ्चनपुरमा हात्तीको आक्रमणबाट अस्ताए ५० वर्षिय राना

    महेन्द्रनगर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । 

    आइतबार बिहान जिल्लाको लालझाडी गाउँपालिका– ४ डाडाँजाई बस्ने ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    जङ्गली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर गएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए । सोही क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ ।

    अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ । प्रहरी टोली र निकुञ्जको टोली घटनास्थलमा खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # हात्तीको आक्रमण
  • प्रतिक्रिया दिनुहोस