आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

एसिसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा


पश्चिम प्रेस
आइतबार, मंसिर ९ २०८१
  • 465
    Shares

  • images
    images
    एसिसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

    काठमाडौँ ।  एसिसी यू-१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। मंसिर १४ देखि युएईमा सुरू हुने खेलका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको क्यानले जनाएको छ।

    टोलीमा कप्तान हेमन्त धामी, उपकप्तान अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन्। 

    एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको । समूह ‘बी’ अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यतालिका छ। नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र साउद रहेको क्यानले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस