काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध उनले ३६ बलमा अर्धशतक बनाएका हुन् । यो एनपीएलको पहिलो अर्धशतक पनि हो ।
अहिलेसम्म विराटनगर १३ ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएर खेलिरहेको छ ।
.gif)