सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

मिलान्थाको विष्फोटक ब्याटिङमा जनकपुरको विजयी सुरुवात


पश्चिम प्रेस
शनिबार, मंसिर १५ २०८१
  • 404
    Shares

  • images
    images
    मिलान्थाको विष्फोटक ब्याटिङमा जनकपुरको विजयी सुरुवात

    काठमाडौँ । नेपाल प्रिमिअर लीग (एनपीएल)को पहिलो खेलमा अनिल साहको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर किङ्ग्सलाई ८ विकेटले हराएको छ।

    काठमाण्डूको कीर्तिपुरस्थित रङ्गशालामा खचाखच दर्शकका माझ खेलिएको खेलको पहिलो इनिङ्समा टस हारेको विराटनगरले ब्याटिङ गरेको थियो।न्यूजील्यान्डका मार्टिन गुप्टिलको सर्वाधिक ५५ रनको मद्दतमा उसले १९ ओभरमा जम्मा १२७ रन जोड्दा टीम अल आउट भयो। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिएका थिए।
     
    जबाफ पछ्याउँदै जनकपुरले १५.३ ओभरमा लक्ष्य भेट्यायो। उसका लागि श्रीलङ्काका लाहिरु मिलान्थाले अविजित ७५ सर्वाधिक रन बनाए।


  • सम्बन्धित विषय:

  • # जनकपुर
  • # नेपाल प्रिमियर लिग
  • प्रतिक्रिया दिनुहोस