आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

उज्वल थापाको जीवनमा आधारित वृत्तचित्र निर्माणको काम छायाङ्कन चरणमा


पश्चिम प्रेस
आइतबार, पुस २१ २०८१
  • 503
    Shares

  • images
    images
    उज्वल थापाको जीवनमा आधारित वृत्तचित्र निर्माणको काम छायाङ्कन चरणमा

    काठमाडौं - नेपाली राजनीति र समाजमा वैकल्पिक सोच र नवीन दृष्टिकोण ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएका स्वर्गीय उज्वल थापाको जीवनी समेटिएको वृत्तचित्र निर्माणको काम अब छायाङ्कन चरणमा प्रवेश गर्दैछ।

    ड्रिम विजार्ड प्रोडक्सन कम्पनी र उज्वल थापा फाउण्डेशनको संयुक्त प्रयासमा निर्माण हुन लागेको यो वृत्तचित्रले थापाको व्यक्तिगत जीवन, वैकल्पिक राजनीतिक यात्रा र उद्यमशीलता प्रवर्द्धनमा उनको योगदानलाई समेट्ने जनाइएको छ।

    "यो वृत्तचित्रले उज्वलको सरल जीवन, उनको सोचाइ र कर्मबाट समाजले पाएको प्रेरणालाई प्रस्तुत गर्नेछ," उज्वल थापा फाउण्डेशनकी अध्यक्ष तथा थापाकी श्रीमती एरिका अधिकारीले बताइन्। उनका अनुसार यो वृत्तचित्र आगामी वर्षको जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    वृत्तचित्र निर्माणको लागि अनुमानित ८० लाख रुपैयाँ लाग्ने र हालसम्म व्यक्तिगत तथा कर्पोरेट प्रायोजन मार्फत ५४ प्रतिशत रकम संकलन भइसकेको फाउण्डेशनले जनाएको छ।

    ड्रिम विजार्ड प्रोडक्सन कम्पनीका निर्देशक सुदीप भजूले यस वृत्तचित्र मार्फत थापाको प्रेरणादायी कथा सार्वजनिक गर्न पाउनु आफ्नो टीमका लागि ठूलो जिम्मेवारी र सम्मानको विषय भएको बताए।

    फाउण्डेशनले वृत्तचित्र निर्माणका लागि थापासँग सम्बन्धित फोटो तथा भिडियो सामग्रीहरू उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। इच्छुक व्यक्तिहरूले फाउण्डेशनको वेबसाइट ujwalthapafoundation.org मार्फत वा ९७४५९४४४२४ मा सम्पर्क गरी सामग्री उपलब्ध गराउन सक्नेछन्।


    प्रतिक्रिया दिनुहोस