महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आईतबार राती शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा स्थीत दुई मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका हुन ।
से४प ८९४५ नम्बरको मोटरसाइकललाई सुपप्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका वेदकोट नगरपालिका–१ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका–२ वाणीका २२ वर्षीय नरेन्द्र साउदको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
.gif)