आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा बार काउन्सिलको सदस्यका लागि दुई जना चुनावी मैदानमा, पाउता त उचित नेतृत्व ?


पश्चिम प्रेस
सोमबार, माघ १४ २०८१
  • 474
    Shares

  • images
    images
    सुदूरपश्चिममा बार काउन्सिलको सदस्यका लागि दुई जना चुनावी मैदानमा, पाउता त उचित नेतृत्व ?

    महेन्द्रनगर । नेपाल कानुन व्यवसायी परिषद् सुदूरपश्चिमको पार्षद पदका लागि निर्वाचन हुने भएको छ । आइतबार उच्च अदालत बार एसोसिएसनमा बसेको कानुन व्यवसायीहरुको बैठकले माघ २६ गते पार्षद पदका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको हो ।

    बारको सातौं पटक हुन गईरहेको निर्वाचनमा पार्षदका लागि कंचनपुरका दुई अधिवक्ता प्रत्यासी उम्मेदवार रहेका छन् ।

    अधिवक्ताद्वय निरन्जन बिष्ट र टेक बहादुर कठायत यसपटकको सातौं निर्वाचनमा बार काउन्सिलको सदस्यकालागी उम्मेदवारी दर्ता गरेका छन् ।

    कार्यक्रममा बोल्दै उच्च बार एसोसिएसनका अध्यक्ष भुपेन्द्र सिह बिष्ट , बरिस्ठ अधिवक्ता मदन बहादुर चन्द , जिल्ला बारका सचिव शंकर बिष्ट , बार काउन्सिल सदस्य प्रकाश पाण्डेले कानुन व्यवसायीको हकहितमा काम गर्न अग्रिम शुभकामना दिएका छन् ।

    बिगतमा भएका गतिविधिहरु छताछुल्ल देखिएका बेला बारले यसपटक सुदूरपश्चिमबाट भने उचित व्यक्तिलाई जिम्मेवारी सुम्पिने गरि तयारी अगाडी बढाएको जनाएको छ ।

    बार काउन्सिल सदस्य पाण्डेले कंचनपुरकै व्यक्ति पार्सद हुँदा खर्च र समयको पनि बचतहुने बताए ।

    न्यायालयमा भएका बेथिति र चरमपन्थीले सिमा नाघेको अवस्थामा यस निर्वाचनले उचित नेतृत्व पाउने अपेक्षा अधिवक्ताहरुको छ ।

    आइतबार आयोजित कार्यक्रममा बोल्दै उम्मेदवारहरुले कानुन व्यवसायीको आचारसंहितालाई पुर्णरुपमा लागू गराउने, न्यायालयप्रती देखिएको दुसित भावना, स्वच्छ आचरण, गलत गर्नेको लाइसेन्स खारेज लगायतका कार्वाही गरिने सहितका प्रक्रियामा जाने प्रतिवद्द्ता जनाएका थिए ।

    यस्तै, विश्वविद्यालयमा हुने कानुन विषयको पढाइ न्यायाधीश, सरकारी वकिल र अधिवक्ताहरुको एउटै विषय पढ्नुपर्ने अवस्था रहेकोमा त्यसलाई पनि सुधार गर्नु जरुरी रहेको उम्मेदवारहरुले बताएका छन् ।

    जसका लागि सरकारी वकिल, कानुन व्यवसायी र न्यायाधीश जुनसुकै बन्न चाहनेलाई छुट्टै-छुट्टै विषय राखिनु अहिलेको आवश्यकता रहेको बताएका थिए ।

    जसले अधिवक्ता , सरकारी वकिल र न्यायाधीश बन्न चाहनेले विश्वविद्यालय बाटै छुट्टीएर आउन सहजहुने अपेक्षा गरिएको बताएका छन् ।

    यस्तै , कानुन व्यवसायीको उम्मेद्बारी दर्ता प्रदेश कार्यालयमा गर्ने व्यवस्था मिलाउने, प्रदेशमा कल्याणकारी कोष स्थापना गर्ने , नेपाल कानुन व्यवसायी परिषदलाई स्रोत तथा तालिम केन्द्रकै रुपमा स्थापित गराउने, कानुन व्यवसायी परिषदलाई कानुन संकायको पाट्यक्रम निर्धारण गर्ने अधिकार दिएकाले त्यसलाई कार्यान्वयनमा लैजाने, कानुन व्यवसायीलाई दिइने वरिष्ठ अधिवक्ताको उपाधी कानुन व्यवसायी परिषदको सिफारिसलाई पनि आधार मानेर सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधी दिन पहल गर्ने ,अपराध अनुसन्धानको विषयमा सरकारी वकिलको मात्रै हस्तक्षेप हुदा न्याय प्रणालीमा कठिनाइ देखिएकाले अन्यमुलुकको व्यवस्था अनुरुप अधिवक्ताले पनि भागलिन पाउने व्यवस्था लागु गर्न पहल गर्ने लगायका सुधार गर्ने उम्मेदवारहरुले बताएका छन् ।वरिष्ठ अधिवक्ता मदन चन्दले अवको निर्वाचनमा विजयी हुने उम्मेदवारलाई पेशागत मर्यादा र कर्तव्य निष्ठ भएर कार्यभार पूरा गर्न शुभकामना व्यक्त गरे ।

    २६ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २ सय ७९ जना मतदाताले मत खलाल्ने छन् ।


    प्रतिक्रिया दिनुहोस