महेन्द्रनगर । महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमीलाई स्कुल अफ द इयर अवार्ड प्राप्त प्रदान गरिएको छ ।
संयुक्त अरब इमेरेटस(युएई) दुबई स्थित हिलटन होटेलमा आयोजित एक समारोहमा अन्तराष्ट्रिय स्तरको स्कुल अफ द इयर अवार्ड विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीलाई प्रदान गरिएको हो । देशभरमै उत्कृष्ट लिटिल वुद्धले यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु प्राप्त गरिसकेको छ । सुदूरपश्चिमा उत्कृष्ट शैक्षिक संस्थाको पहिचान बनाएको लिटिल वुद्ध यस क्षेत्रको सबैभन्दा ठुला लगानी भएको विद्यालय हो । यसअघि देशभरमै उत्कृष्ट विद्यालयको रुपमा राष्ट्रिय शिक्षा पुरस्कार समेत प्राप्त गरेको थियो । विद्यार्थी संख्या, परिक्षाको नतिजा, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार र दक्ष जनशक्तिबाट अध्यापनका साथै सामाजिक सेवामा समेत विद्यालयले महत्वपूर्ण योगदान पुर्याएको छ ।
विद्यालयले हरेक वर्ष क्रिकेट प्रतियोगिता,विज्ञान प्रदर्शनी लगायत विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आएको छ । विद्यालयको नतिजा, अतिरिक्त क्रियाकलाप,भौतिक पूर्वाधार र दक्ष जनशक्तिबाट अध्यापनका साथै सामाजिक सेवामा गरिउको योगदाने विद्यालयलाई समय समयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु प्राप्त हुदै आएको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सीपल श्याम सिंह मौनीले अवार्ड प्राप्त भएपछि आफुहरुको हौसला बढेकोले विद्यालयलाई थप गुणस्तरीय र नतिजा र अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन प्रतिवद्ध रहेको बताए । लिटिलबुद्धमा हाल दुई हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन ।
.gif)