आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

काङ्ग्रेस नगर सभापति कलौनि मृत फेला


पश्चिम प्रेस
शनिबार, माघ १९ २०८१
  • 595
    Shares

  • images
    images
    काङ्ग्रेस नगर सभापति कलौनि मृत फेला

    महेन्द्रनगर : कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो।

    अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ।अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन। उनको हत्या भएको आशंकासमेत गरिएकोले प्रहरीले सो ढङ्गले पनि अनुसन्धान थालेको छ। तथापि विस्तृत विवरण आउन बाकी छ।


    प्रतिक्रिया दिनुहोस