सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

नेता कलौनीको शव जाँचका लागि भेरिअस्पतालबाट विज्ञटोली मगाइँदै


पश्चिम प्रेस
शनिबार, माघ १९ २०८१
  • 754
    Shares

  • images
    images
    नेता कलौनीको शव जाँचका लागि भेरिअस्पतालबाट विज्ञटोली मगाइँदै

    महेन्द्रनगर । महेन्द्रनगरमा मृत फेला परेका नेपाली कांग्रेस भीमदत्त नगरसभापती अच्युत कलौनीको शव पोष्टमार्टमा लागी महाकाली प्रादेशीक अस्पतालमा राखिएको छ । महाकाली प्रादेशीक अस्पतालमा विज्ञ टोलि नरहदा मृत्युको कारण खुल्न नसकेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी उमेश जोशीले मृतकको शव परिक्षणका लागी भेरी अस्पताल नेपालगञ्जबाट फोरेंसिक मेडिसिनको विज्ञ टोली मगाइएको जानकारी दिए । शनिवार साझँ सम्म विज्ञटोली महेन्द्रनगर आइपुग्ने जनाइएको छ ।

    डिएसपी जोशीका अनुसार, कलौनीको मृत्युको कारण भने खुल्न सकेको छैन् । आज (शनिवार) विहान भीमदत्त नगरपालिका – १८ वडा कार्यालय भन्दा सय मिटर दक्षिणतर्फ सडक छेउमा घोप्टोपरेको अवस्थामा कलौनीको शव फेला परेको थियो ।

    उनको शरिरमा देखिने गरि कहिँकतै घाउँ चोटपटक नरहेको डिएसपी जोशीले बताए । घोप्टोपरेर उनको शव फेला परेकाले नाक थेप्चीएको प्रहरीले जनाएको छ । अस्पतालमा विज्ञटोली आएपछि शव पोष्टमार्टम गरिने जनाइएको छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर खटाएर तथा बिभिन्न कोणबाट घटनाको शुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस