आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

मानव बेचबिखन कसुरमा कांग्रेस अछामका नेता खनाल पक्राउ


पश्चिम प्रेस
बुधबार, माघ २३ २०८१
  • 711
    Shares

  • images
    images
    मानव बेचबिखन कसुरमा कांग्रेस अछामका नेता खनाल पक्राउ

    महेन्द्रनगर । अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) का सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा खनाललाई प्रहरीले कैलालीबाट नियन्त्रणमा लिएको हो । 

    खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले जानकारी दिए । 

    खनाल विरुद्ध पक्राउ पुर्जी जारी भएपछि नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको एसएसपी जिसीले बताए । 

    उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।


    प्रतिक्रिया दिनुहोस